aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतले ल्यायो १७ देशमा विना भिसा भ्रमण गर्ने योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
भारतले ल्यायो १७ देशमा विना भिसा भ्रमण गर्ने योजना

एजेन्सी । भारतीय नागरिकका लागि भारत सरकारले लागि खुशीको खबर ल्याएको छ । भारतीय विदेश राज्यमन्त्री वी मुरलीधरनले संसारका १७ देशहरुमा भारतीय राहदानी वाहकलाई विना भिसा यात्रा गर्ने अवसर उपलब्ध गराएको छ ।

 यति मात्र होइन, विदेश राज्यमन्त्रीका अनुसार  भने ४३ वटा देश छन् जसले भारतीयलाई भिसा प्रदान गर्ने सुविधा प्रदान गर्दछन्  । जबकि ३६ देशले भारतीय राहदानी हुनेलाई अन अराइवल भिसा सुविधा प्रदान गर्दछन् । 

यद्यपि कोरोना भाइरसका कारण धेरै देशहरूले यात्रा प्रतिबन्धित गरेका छन् । तर, एकपटक यी प्रतिबन्धहरू हटेपछि यी देशहरूमा विना भिसा बिना भ्रमण गर्न सक्नेछन । १७ वटा देशहरू हो जहाँ भारतीय भिसा बिना घुम्न जान सक्छन् ।

माल्दिभस
माल्दिभस टापुहरूको देश माल्दिभ्सले भारतीय पर्यटकहरूलाई विना भिसा यात्रा पनि प्रदान गर्ने छ । 

मौरिसस 
मौरिसले भारतीय पासपोर्ट धारकहरूलाई विना भिसा प्रवेश दिन्छ र  ९० दिनसम्म भिसा दिने गरेको छ ।  पर्यटकहरूसँग फिर्ती टिकट र पर्याप्त बैंक ब्यालेन्स भने हुन पर्छ । 

भुटान
भुटानले भारतको छिमेकी देश भुटान पर्यटकहरूको मनपर्ने स्थान हो । भारतीयहरुलाई भुटान भ्रमण गर्न भिसा आवश्यक पर्दैन । एक राहदानी वा कुनै अन्य मान्य आईडी पर्याप्त छ । 

बारबाडोस 
बारबाडोस प्रकृतिको काखमा रहेको एक सुन्दर देश हो । यहाँ भारतीयहरूलाई भिसा बिना घुम्न जाने सुविधा छ ।

हङकङ एसएआर
हङकङ एसएआरमा  धेरै टाढाका देशहरुबाट यहाका ठाउँमा  पर्यटक आउने गरेका छन् । भारतीयहरुलाई बीना भिसा भ्रमण गर्न यहाँ सुविधा छ । 

डोमिनिका
डोमिनिका पनि संसारकै एक सुन्दर देश हो । यो देश क्यारिबियन समुद्रमा अवस्थित छ । यहा पनि भारतीय पासपोर्ट धारीलाई विना भिसा भ्रमण गर्न पाउछन् ।

सर्बिया 
भारतीयहरूलाई सर्भिया जान केवल राहदानी र हवाई टिकट भए पुग्छ  ।

ग्रेनाडा
ग्रेनाडा धेरै सानो टापुहरु मिलेर बनेको देश हो । भारतीयहरूले यो सुन्दर देशमा विना भिसा यात्रा गर्न पाउछन् । 

हैटी
हैटी क्यारिबियन देशहरूमा एक देश हो । हैटी पुराना संस्कृति र परम्पराका लागि धनी देश मानिन्छ । 

मोन्टसेराट
मोन्टसेराट संसारमा एक लोकप्रिय ठाउँमध्ये एक हो ।  साहसिक यात्रा  मनपर्दछ भने निश्चित रूपमा यहाँ जानुहोस् । भारतीयहरूले यहाँ बिनी भिसा भ्रमण गर्ने अवसर दिएको  छ । 

नेपाल
भारतीयहरुलाई नेपालमा भ्रमण गर्नका लागि विना भिसा भ्रमण गर्न पाउछन् । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि हिन्दुधर्मका लागि पवित्र देश नेपालमा मानिन्छ । 
 

प्रतिक्रिया दिनुहोस