aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ५०३ जना, ललितपुरका ९१ जना र भक्तपुरका ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।     

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७० हजार ६१४ रहेको छ । संक्रमित मध्ये ५१ हजार ८६६ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा १४५५ जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।   
 

प्रतिक्रिया दिनुहोस