aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

भदौमा १६ हजारभन्दा बढी नेपाल आए, नौ हजार ८ सय गए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
भदौमा १६ हजारभन्दा बढी नेपाल आए, नौ हजार ८ सय गए

काठमाडौं । भदौ महिनामा नेपालमा १६ हजार २ सय ३३ जना नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार भदौ महिनामा नेपाल भित्रिएकामध्ये १५ हजार ८ सय २२ जना नेपाली हुन् भने चार सय ११ जना विदेशी नागरिक नेपाल भित्रिएका हुन् । 

त्यस्तै भदौमा नौ हजार ८ सय ५३ जना विदेशिएका थिए । देश बाहिर गएका मानिसमध्ये ७ हजार ५८ जना नेपाली हुन् भने २ हजार ७ सय ९५ जना विदेशी नागरिक हुन् ।

नेपाल भित्रिएका नागरिकमध्ये १४ हजार ६२ जना पुरुष हुन् भने २ हजार एक सय ७१ जना महिला हुन्  । नेपालबाट विदेशिएकामध्ये ६ हजार आठ सय ११ जना पुरुष हुन् भने तीन हजार एक जना महिला हुन् । नेपालबाट विदेशीमा ४१ जना अन्य नागरिक पनि रहेका छन् । 

भदौमा छिमेकी मुलुक चीनमा सबैभन्दा धेरै नागरिक गएका छन् । अमेरिकाबाट सबैभन्दा धरै पर्यटन नेपाल भित्रिएका छन् । अमेरिकाबाट ९३ जना नेपाल आएका छन् भने बेलायत तथा उत्तरी आयरल्याण्डबाट ५५ जना नेपाल आएका छन् । छिमेकी मुलुक चीनबाट २७ जना नेपाल आएका छन् भने एक हजार तीन सय ७० जना बाहिरिएका छन् । बेलायत तथा उत्तरी आयरल्याण्डमा भदौ महिनामा २८४ जना गएका छन् । 
 

प्रतिक्रिया दिनुहोस