
एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को सातौं खेलमा आज दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग खेल्दैछ । आजको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
दिल्लीले लगातार दोस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । चेन्नई भने तेस्रो खेलमा दोस्रो जित दर्ता गर्ने दाउमा छ । युवा ब्याट्सम्यान श्रेयस ऐर कप्तान रहेको दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले हार बेहोर्नु परेको थियो ।
पहिलो खेलमा दिल्लीका शीर्षक्रमका पृथ्वी ५, शिखर धवन शून्य र शिम्रन हेटमायर ७ रनमा आउट भएका थिए । चेन्नईविरुद्ध जित निकाल्न यी तीनै ब्याट्सम्यानले उच्च प्रर्दशन गर्नु पर्ने हुन्छ । त्यस्तै ऋषभ पन्तलाई पनि ठूलो इनिङ खेल्न आवश्यक छ । पहिलो खेलमा पन्तले ३१ रनमा आउट भएका थिए।
आइपिएलमा चेन्नई र दिल्लीबीच कुल २० खेल भएका छन् । जसमा चेन्नई १४ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । गतवर्ष दिल्ली चेन्नईसँग तीनै खेलमा पराजित भएको थियो । क्लालिफायरमा चेन्नईले दिल्लीलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । लिग चरणको दुबै खेलमा चेन्नई विजयी भएको थियो ।
दिल्लीले दुई विदेशी तीव्र गतिका बलर खेलाउनी उच्च सम्भावना छ । एक मात्रै विदेशी तीव्र गतिका बलर खेलाउदा दिल्लीको बलिङ युनिट कमजोर बन्न पुग्छ । जसले गर्दा दिल्लीमा सन्दीपको सम्भावना निकै कमजोर रहेको छ ।
प्रतिक्रिया दिनुहोस