
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । महर्जनको स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।
समाचार श्रोतका अनुसार मेयर महर्जनको स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पतालमा स्बाव परिक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।
सरकारले तोकेको होम आइसोलेसनको पूर्वाधार भएकोले बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेको उनले बताएका छन् । महर्जनले आफ्नो सम्पर्कमा आएका सबैलाई पनि सचेत रहनु हुन अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस