aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

कोरोनाबाट एक पुरुषको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० असोज २०७७
कोरोनाबाट एक पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए । उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो । उनको सघनकक्षमा राखी उपचार हुँदाहुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस