काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी भिभोले (वाइ २०) बजारमा ल्याएको छ। एआइ ट्रिपल म्याक्रो क्यामेरा र ५ हजार एमएएच ब्याट्री क्षमताको यो सेट अनलाइन प्लेटफार्मबाट बिक्री सुरू गरिएको कम्पनीले जनाएको छ।
यसमा अल्ट्रा गेमिङ मोड ६.५१ इन्च हलो डिस्प्ले, स्न्याप ड्रयागन प्रोसेसर, ३ जिबी र्यारम, ६४ जीबी स्टोरेज क्षमता रहेको सेटलाई स्टोरेज माइक्रो एसडी कार्ड थपेर २५६ जीबीसम्म बनाउन सकिन्छ।
कम्पनीले यसको बजारमा मूल्य २० हजार ९ सय ९९ रूपैयाँ राखेको छ । अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । साइड फिंगर प्रिन्ट, फेस सेन्सर अनलक सुविधासँगै १३ र २–२ मेगापिक्सेलका क्यामेरा रहेको सेटमा एआइ पावर सेभिङ प्रविधि रहेकाले ब्याट्री लामो समय टिक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। १० वाट चार्जरको साथ उपलब्ध सेटमा ब्याट्रीलाई रीभर्स रीचार्ज पनि गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस