aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

उपत्यकामा थपिए ७२४ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० असोज २०७७
उपत्यकामा थपिए ७२४ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७२४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।  

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ५८३ जना, ललितपुरका ७८ जना र भक्तपुरका ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।     

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ रहेको छ । संक्रमित मध्ये ५३ हजार १३ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा ११४७ जना कोरोनामुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस