
एजेन्सी । उच्च ज्वरो, सुक्खा खोकी, घाँटीमा सूजन, थकान र सास फेर्न कोरोनाभाइरसका प्रमुख लक्षणहरू हुन् । कोभिड १९ बिरामीहरूमा गन्ध थाहा नपाउने, व्यवहार परिवर्तन जस्ता केही न्यूरोलजिकल लक्षणहरू पनि अवलोकन गरिएको छ । भाइरसबाट संक्रमित भएका विरामीहरु अस्पतालमा भर्ना भएपछि उनीहरुको मानसिक असर समेत परेको देखिएको छ ।
स्ट्रोक, ब्रेन ह्यामरेज र मेमोरी गुमाउने जस्ता धेरै खतरनाक प्रभावहरू अब कोरोना भाइरस बिरामीहरूमा देखापर्न सक्ने एक अध्ययनले देखाएको छ । जोन्स हप्किन्स युनिभर्सिटीका एमडी रोबर्ट स्टीभन्स भन्छन्, “ कोविड १९ इकाईका आधा बिरामीमा न्यूरोलोजिकल लक्षण देखेका छन्। वैज्ञानिकहरूले यस्तो असरका बारेमा बुझ्ने कोशिश गरिरहेका छन् । भाइरसले दिमागमा किन नराम्रो प्रभाव पारिरहेको छ ।’’
जोन्स हप्किन्सको आफ्नो लेखहरुमा वैज्ञानिकहरुले सिद्धान्तहरु सूचीबद्ध गरेर विषयमा अनुसन्धान गरिरहेका छन् । लेखका अनुसार, ‘दिमागसँग सम्बन्धित सबै सर्तहरू कोविद १९ को विश्वभरि देख्न सकिन्छ । यसमा कन्फ्युजन, चेतना गुमाउनु, ब्रेन स्ट्रोक, टेस्ट गुमाउनु, टेस्ट हराउनु, टाउको दुख्नु, ध्यान केन्द्रित गर्न असक्षम हुनु र व्यावहारमा समेत परिवर्तनहरू देखापरेका छन् ।
उक्त रिपोर्टका अनुसार कोविड १९ का केही बिरामीहरूले पनि कमन पेरिफेरल नर्भ’ सम्बन्धी समस्या देखेका छन । जसले पक्षाघात र श्वासप्रश्वासमा समस्या हुन सक्छ । लिडिङ साइन्स जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार कोरोना भाइरसको कारण सार्स र मर्सको प्रकोपमा उस्तै लक्षणहरू भेटिएको उल्लेख गरेको छ । जोन्स हप्किन्सको अध्ययनमा चार मुख्य कुराहरू उल्लेख गरिएका छ ।
उक्त रिपोर्टका अनुसार भाइरस दिमागमा प्रवेश गर्न सक्षम भएमा गम्भीर र अचानक संक्रमण हुने खतरामा उल्लेखनीय वृद्धि हुन सक्ने उल्लेख गरेको छ । केहि केसहरू चीन र जापानमा देखिएका भाइरसको आनुवंशिक सामग्री मेरुदण्डको फ्लुइडमा फेला परेका छन् । सोहि समयमा अमेरिकाको फ्लोरिडामा एउटा केसमा पनि भाइरल कणहरू दिमागको कोशिकामा भेटिए । नोबल कोरोना भाइरससँग लड्नका लागि शरीरको रोग प्रतिरक्षा प्रणालीमा पनि प्रभाव पारेको छ । इनफ्लेमेटरी रिस्पोन्सको बेलामा मलाडैप्टिभ उत्पादन हुनेहुनाले शरीरका टिस्यू र अंगहरूमा क्षति पुग्न सक्छ ।
कोविद १९ बाट संक्रमित भएकाहरुमा मनोवैज्ञानिक परिवर्तनहरू धेरै प्रकारका देख्न सकिन्छ । उच्च ज्वरोबाट शरीरका विभिन्न भागहरूमा अक्सिजनको कमीका कारणले मस्तिष्कलाई कमजोर बनाउँछ । कोविड १९ को धेरै केसहरूमा अचेतना वा कोमोमा जानसक्ने खतरा पनि देखिएको छ ।
कोविड १९ रोगीमा ब्लड क्लोटिंगको समस्या पनि असामान्य देखिएको छ । तथापि, कोविड १९ का बिरामीहरूमा रगत जम्ने सम्भावना सामान्य व्यक्तिको भन्दा बढी हुन्छ । ब्लड क्लोट्स मानव फोक्सो र शरीरको भित्रका नरामा यसको असर देखा पर्न सक्छ । जसले रगत प्रवाह रोक्न सक्छ । यदि ब्लड क्लोट्सले मस्तिष्कमा जाने धमनीहरूको मार्ग बन्द गर्यो भने स्ट्रोकको समस्या हुन सक्ने रिसर्चले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस