
काठमाडौं । काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८०९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका ६३३ जना, ललितपुरका १०४ जना र भक्तपुरका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ रहेको छ । संक्रमित मध्ये ५३ हजार ८९८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस