aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ असोज २०७७
कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । 

मृत्यु हुनेमा बाराका २० वर्षीय पुरुष, ललितपुरका ४२ र ७७ वर्षीय पुरुष,  काठमाडौंकी ५० वर्षीया महिला र ६१, ६२ वर्षीय पुरुष, रुपन्देहीमा ७२ वर्षीय पुरुष, बर्दियाका ६३, ५० वर्षीय पुरुष, अछामका ३४ वर्षीय पुरुष रहेका छन् ।      

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।   
No photo description available.

प्रतिक्रिया दिनुहोस