aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

कोरोना रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे आएपनि सम्बन्धित व्यक्तिलाई दिनूः स्वास्थ्य मन्त्रालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ असोज २०७७
कोरोना रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे आएपनि सम्बन्धित व्यक्तिलाई दिनूः स्वास्थ्य मन्त्रालय

काठमाडौं । अब कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे आए पनि सम्बन्धित निकायलाई दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब दिनेको  पोजेटिभ वा नेगेटिभ जे रिपोर्ट आएपनि सम्बन्धितलाई सिधै जानकारी गराउन सरकारी तथा निजी ल्याबहरुलाई निर्देशन दिएको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसअघि नेगेटिभ रिपोर्ट आए सम्बन्धित र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था रहेकोमा अब भने जे रिपोर्ट आएपनि सिधै सम्बन्धितलाई नै जानकारी गराउन निर्देशन दिइएको बताए ।  

उनले पहिले जतिपनि संक्रमित थिए उनीहरुलाई स्वास्थ्य संस्थाको आइसोलेशनमा मात्रै राख्ने व्यवस्था रहेकोमा अहिले होम आइसोलेशनमा पनि राख्ने व्यवस्था रहेकाले यसअघिको निर्णय परिवर्तन गरिएको बताए । संक्रमितलाई रोग नियन्त्रण महाशाखाले जानकारी गराउने भन्दा पनि ल्याबले सिधै जानकारी गराउँदा व्यवस्थापनमा छिटो हुने मन्त्रालयको भनाइ छ।  

प्रतिक्रिया दिनुहोस