aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पर्यटन दिवसमा नाट्टाद्वारा स्वास्थ्य सतर्कता कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
पर्यटन दिवसमा नाट्टाद्वारा स्वास्थ्य सतर्कता कार्यक्रम

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रभल्स एजेन्ट (नाट्टा) गण्डकी प्रदेशले ४१ औं विश्व पर्यटन दिवस अवसरमा कोरोना विरुद्धको सचेतनासहित पर्यटन बसपार्क र पर्यटन बोर्ड गण्डकी प्रदेश अगाडि हात धुनका लागि पानीसहित ट्याङ्की राखेर राखेको छ । 

कोरोनाको उच्च जोखिम बढिरहेकाले स्वास्थ्य सतर्कता अपनाएर पर्यटन क्षेत्र गतिशील बनाउनुपर्ने जनाउँदै भीड हुने स्थानमा पानी ट्याङ्की राखिएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । नाट्टा गण्डकीका पूर्व अध्यक्ष ओम पाण्डेले पोखरा भित्रिने र बाहिरिनेका लागि सुरक्षा सतर्कताका लागि राखिएको पानि ट्याङ्की निकै उपयोगी हुने बताए ।
 
लामो समयको बन्दाबन्दी पछि सञ्चालनमा आएको पर्यटक बसले अहिले दैनिक ४ वटा काठमाडौँ, सुनौली जाने गरेको संस्थाका संस्थाका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए । उनका अनुसार यस अगाडि पोखराबाट दैनिक ३५ वटा पर्यटक बसहरु काठमाडौँ, बेशीसहर, सुनौली, सौराहा जाने गरेका थिए । 

सोही अवसरमा नाट्टाले सिटी टुर गाइड एशोसिएसन पोखरालाई १५ हजार नगद उपलब्ध गराएको छ भने जिल्ला ट्राफिक कार्यालय कास्कीको भवन निर्माणका लागि ५० हजार रुपैयाँ भवन निर्माण समितिका अध्यक्ष दिलीप श्रेष्ठलाई हस्तान्तरण गरेको संस्थाका महासचिव कमला गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस