
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। ढकालले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ । यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ । तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु । त्यसैले केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु ।’
स्वास्थ्य सामान्य अवस्थामा रहेकाले घरमा सुरक्षित आइसोलेसनमा बसेको बताएका छन्। ढकालले सम्पर्कमा आएका सबैलाई स्वास्थ्य सजकता अपनाउन र सुरक्षित रहन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस