aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

कोरोना संक्रमित ५५ वर्षीय पुरुषको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
कोरोना संक्रमित ५५ वर्षीय पुरुषको मृत्यु

भरतपुर । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा न‌‍‍‌‍म्बर ७ बस्ने ५५ वर्षीय पुरुष रहेका छन् । उनको सोमबार दिउँसो १ बजे मृत्यु भएको हो । 

अस्पतालका अनुसार मिर्गौला फेल भएर केही समयदेखि डाइलासिस गरिरहेका ती व्यक्तिमा २०७७ असोज ४ गते कोरोना पुष्टि भएको थियो। खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज ७ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि असोज ८ गते कोभिड आइसियूमा राखेर उपचार गराउँदै नियमित डाइलासिस समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस