aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा १३५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३५१ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ रहेको छ । संक्रमित मध्ये ५४ हजार ६४० जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ ।  

पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनामुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस