aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।    

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ६४९ जना, ललितपुरका १३२ जना र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।     

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ रहेको छ । संक्रमित मध्ये ५४ हजार ६४० जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ ।  

पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनामुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस