aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

कोरोना संक्रमणबाट ३८ वर्षीया महिलाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
कोरोना संक्रमणबाट ३८ वर्षीया महिलाको मृत्यु

धरान । धरान उपमहानगरपालिका–२ की एक कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति भर्ना गरिएका ३८ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । 

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई आइतबार राति ११ बजे प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । कोरोनाको आशङ्कामा राति नै उहाँको स्वाब परीक्षण गरिएको थियो । मृत्यु भइसकेपछि उहाँको कोरोना पोजेटिभ देखिएको थियो । 

उनलाई कुनै पुरानो रोग नभए पनि रगत परीक्षण गर्दा अत्याधिक सुगरको मात्रा देखिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । योसँगै धरानमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस