aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

कोरोना संक्रमणबाट बिपी प्रतिष्ठानमा एक महिलाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ असोज २०७७
कोरोना संक्रमणबाट बिपी प्रतिष्ठानमा एक महिलाको मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । 

उनलाई  यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको नोबल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको प्रवक्ता सापकोटाले बताए । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला आज बिहान ३ बजे मृत्यु भएको  प्रतिष्ठानले जनाएको छ । 

उनलाई असोज ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । सोमबार पनि धरान–२ की एक ३८ वर्षीया महिलाको प्रतिष्ठानमा कोरोनाले मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस