aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सोल्टी वेष्टेण्ड प्रीमियर होटल नेपालगञ्ज सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ असोज २०७७
सोल्टी वेष्टेण्ड प्रीमियर होटल नेपालगञ्ज सम्मानित

काठमाडौं । सोल्टी वेष्टेण्ड प्रिमियर होटल नेपालगञ्जलाई वातावरण मैत्री प्रविधि प्रयोग गरी सुविधासम्पन्न होटल विस्तार मार्फत वातावरण र दिगो विकास समेतमा उल्लेखनीय योगदान पुर्याए वापत सम्मानित भएको छ ।  ४१औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलबाट सम्मान प्राप्त भएको हो । 

सोल्टी वेष्टेण्ड प्रिमियर होटल नेपालगञ्ज, काठमाण्डौ स्थीत सुप्रसिद्ध ख्याति प्राप्त सोल्टी होटेलको उत्कृष्ट ब्राण्डमा  संचालित पाँच तारे स्तरमा वर्गीकृत होटल हो । यो ५ नम्बर प्रदेशको पहिलो पाँच तारे होटल हो ।  

काठमाण्डौको सोल्टी होटल तथा नेपाली लगानीकर्ताहरु सँगको सहकार्यमा संस्थापित सम्युक्त उपक्रम सोल्टी  शिबक्रिम होटेल तथा रिर्सोटस् प्राइभेट लिमिटेडको यो पहिलो होटेलको रुपमा सञ्चालित सोल्टी वेष्टेण्ड प्रिमियर होटल  नेपालगञ्ज नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको वातावरण मैत्री लिड प्रमाणिकृत ग्रिन होटल भएको कम्पनीले जनाएको छ । 

सोल्टी वेस्टेण्ड प्रिमियर होटल संयुक्त राज्य अमेरिकाको वासिङटन स्थित स्वतन्त्र र गैर नाफामुलक संस्था यु.एस.  ग्रीन विल्डिङ्ग काउन्सिलबाट पर्यावरणमैत्री ग्रिन होटेल लिड “लिडरशिप इन इनर्जि एण्ड इन्वाइरन्मेण्टल डिजाईन ( Leadership in Energy and Environmental Design (LEED) बाट प्रमाणित भई प्रमाणपत्र होटल भएको होटलले दावी गरेको छ । होटललाई यु. एस. ग्रीन विल्डिङ्ग काउन्सिलले सम्पूर्ण  प्राविधिक जाँच र मुल्यांकन पश्चात् सिल्भर श्रेणीको लिड प्रमाणीकरण प्रमाणपत्रबाट विभूषित गरेको छ ।  
 
सोल्टी वेस्टेण्ड प्रिमियर होटल नेपालगञ्जले अपनाएको प्रविधिहरु पूर्णतः पर्यावरण मैत्री छन् । वातावरण  अनुकूलनका लागि नेपालमा पहिलो पटक प्रयोग भएको रेडियन टेक्नोलोजी, फोहोर व्यवस्थापन प्रविधि, वायु  प्रशोधित गरि पुर्नप्रवाह, वर्षातको पानी भौमजल पुनर्भरण व्यवस्था, पानी शुद्धिकरण संयंत्र, ध्वनीप्रदुषण  नियन्त्रण, रिजेन टेक्नोलोजीयुक्त लिफ्टहरु, सौर्य उर्जा, र स्वचालित कम्युटर प्रबिधियुक्त भवन ब्यवस्थापन  सिस्टम भवनमा जडान भएका छन् ।  

सोल्टी शिबक्रिम होटेल्स तथा रिसोर्टस प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको सोल्टी वेष्टेण्ड प्रिमियर होटल  नेपालगञ्ज सेवाहरुका सम्पूर्ण आयामहरुको उत्कृष्टता, उच्चगुणस्तर, अन्तर्राष्ट्रिय मापदण्ड तथा अनुगमन गरी  दक्ष व्यावस्थापनबाट संचालन गरिन्छ ।  

यस होटलमा आधुनिक सुविधा सम्पन्न ८१ कोठा रहेका छन् । यसका अतिरिक्त होटल परिसर भित्रै पर्यटनलाई  आवश्यक पर्ने प्राविधिक जनशक्ति तयार गर्नका लागि हस्पिटालिटी भोकेशनल ट्रेनिङ सेन्टर समेत छुट्टै  भवनमा संचालनमा रहेको छ जसलाई नेपालको ख्याति प्राप्त सिल्भर माउण्टेनको कम्पनी द होटल स्कुल  नेपालले सञ्चालन तथा व्यस्थापन हेर्ने गरेको  छ ।   

होटलमा स्वीमिङ पुल सहितको आधुनिक सुबिधा सम्पन्न स्पा तथा वेलनेस सेन्टर छ जसले गुणस्तरिय स्पा  तथा सम्बन्धी सेवा सुविधाहरु अतिथि पाहुनाहरुलाई निर्वाध रुपमा प्रवाह गरि रहेको छ । होटलमा ठूला साना  सभा, सम्मेलन, समारोह तथा प्रितिभोजहरुको आयोजनाका लागि दुई सभागृह रहेका छन ।  

सोल्टी वेस्टेण्ड प्रिमियर होटलमा क्यासिनो इम्पीरियलबाट लाइभ क्यासिनो संचालनमा रहेकोछ । निकट  भविष्यमा क्यासिनो संचालन गर्नका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरु सहितको सुबिधा सम्पन्न भवन  निर्माण सम्पन्न गर्ने कार्ययोजना समेत रहेकोछ ।  

सम्मानको क्रममा यस पूर्वपनि सोल्टी वेस्टेण्ड प्रिमियर होटेलले हस्पिटालिटि इन्डिया एन्ड एक्सप्लोर दि वल्र्ड  इन्टरनेशनलबाट प्रदान गरिएको वातावरण मैत्री ग्रीन होटलको रुपमा अति प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार  “बेस्ट डेबुट ग्रीन होटल” तथा सी एम ओ एशियाद्वारा समर्थित तथा वल्र्ड फेडेरेशन अफ हस्पिटालिटी  प्रोफेसनलस्बाट समर्थित भारतको प्रीमियर अंग्रेजी बिजनेस न्यूज च्यानल बिजनेस टेलिभिजन इण्डियाबाट  प्रदान गरिएको अन्तर्राष्ट्रिय पुरस्कार ‘‘नेपालको पहिलो ग्रीन होटल’’ बाट समेत सम्मानित भईसकेको छ ।  

प्रतिक्रिया दिनुहोस