aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ असोज २०७७
थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा १५१३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १५१३ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७६ हजार २५८ रहेको छ । संक्रमित मध्ये ५५ हजार ३७१ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।  

प्रतिक्रिया दिनुहोस