aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

उपत्यकामा थपिए अहिलेसम्मकै धेरै संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ असोज २०७७
उपत्यकामा थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । पछिल्लो २४ घण्टामा उपत्यकामा थपिएको कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो ।    

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ७४७ जना, ललितपुरका ११४ जना र भक्तपुरका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।     

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७६ हजार २५८ रहेको छ । संक्रमित मध्ये ५५ हजार ३७१ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।  पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।  

प्रतिक्रिया दिनुहोस