
काठमाडौं । नेपालमा १५५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १५५९ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ रहेको छ । संक्रमित मध्ये ५६ हजार ४२८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ ।
पछिल्लो २४ घण्टामा १०५७ जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस