aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

मेचीमा सशुल्क पिसिआर परीक्षण सेवा सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ असोज २०७७
मेचीमा सशुल्क पिसिआर परीक्षण सेवा सुरु

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरले सर्वसाधारणको सशुल्क पिसिआर परीक्षण सेवा शुरु गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार कोभिड–१९ को स्वेच्छिक पिसिआर परीक्षण गरेवापत नेपाल सरकारले तोकेबमोजिम दुई हजार  रुपैयाँ शुल्क लाग्नेछ । अस्पताल मातहत हाल भद्रपुर र कनकाईमा गरी दुई वटा पिसिआर मेसिन सञ्चालनमा छन् । केही दिनमै अर्को एउटा मेसिन समेत थपिने उनले बताए ।

सरकारले लक्षण नभएकाहरुको पिसिआर परीक्षण नगराउने नीति लिएपछि सर्वसाधारणले शुल्क तिरेर भए पनि स्वेच्छिक परीक्षण गराउन थालेका छन् । तर कोभिड अस्पतालमा भर्ना भएका बिरामीका लागि भने पिसिआर परीक्षण निःशुल्क गरिने अस्पतालका अध्यक्ष पोर्तेलले जानकारी दिए ।

झापामा मेची प्रादेशिक मातहतका दुई वटा मेसिनबाट मात्र पिसिआर परीक्षण हुँदै आएको छ । पछिल्लो समय पिसिआर गराउनेको सङ्ख्या न्यून हुँदै गएको उनले बताए । अस्पतालमा दैनिक एक हजार जनासम्मको सो परीक्षण गर्ने क्षमता छ । मेसिनको क्षमताको भने आधा पनि उपयोग भएको छैन ।

प्रतिक्रिया दिनुहोस