aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

कात्तिक ७ देखि क्लिनफिड लागू हुन्छः प्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ असोज २०७७
कात्तिक ७ देखि क्लिनफिड लागू हुन्छः प्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताएका छन । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट गरेका हुन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न पनि आह्वान गरे ।

प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत सुनिश्चितता गर्ने र अन्य क्षेत्रमा सम्भव भएसम्मका सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताएका थिए। रासस

प्रतिक्रिया दिनुहोस