
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–६का ५६ वर्षीय पुरुष रहेका छन् ।
विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेकोमा ज्वरो, खोकी र श्वासप्रश्वाशमा कठिन भएपछि बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राति प्रतिष्ठानमा ल्याइएको १५ मिनेटपछि उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । कुनै दीर्घ रोग नभएका उनलाई निमोनियासमेत भएको थियो । उनको आज कोरोनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता सापकोटाले बताए ।
यससँगै बिपी प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको सङ्या ३८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस