
काठमाडौं । ओपोले नेपालमा आजबाट एफ१७ प्रोको विक्रि शुरु गरेको छ । कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्स मार्फत स्मार्ट फोनको विक्रि खुल्ला गरेको हो । सेप्टेम्बर २७मा एक अनलाइनलञ्च ईभेन्ट मार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ १७ प्रोका साथमा एन्को डब्ल्यू५१ र ओपो वाट्चेज पनि सार्वजनिक गरेको थियो ।
नेपालमा ओपोको दोस्रो अनलाईन लञ्च ईभेन्टमा नेपाली चलचित्र जगत्का लोकप्रिय स्टार्स, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप विक्रम शाही, नयिका तथा मोडल अलिशा राईका साथै फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राईले पनि उपस्थिती जनाएका थिए ।
८जीबी ¥याम र १२८जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ१७ प्रोको मूल्य नेपालमा ४३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । कम्पनीले स्मार्टफोन म्याजिकब्ल्यू र म्याट ब्ल्याक गरी दूई आकर्षक रंगमाउपलब्ध गराएको छ ।
प्रतिक्रिया दिनुहोस