
काठमाडौं । नेपालमा १९११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १९११ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ रहेको छ । संक्रमित मध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ ।
पछिल्लो २४ घण्टामा ९६१ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस