aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

उपत्यकामा थपिए अहिलेसम्मकै धेरै संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ असोज २०७७
उपत्यकामा थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९४३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थपिएको यो संखया अहिलेसम्म कै धेरै हो ।  

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।    
 
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ रहेको छ । संक्रमित मध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ ।   

पछिल्लो २४ घण्टामा ९६१ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस