
काठमाडौं । कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । आज मृत्यु भएका ११ जनामध्ये १० जना पुरुष रहेका छन् ।
मृत्यु हुनेमा सुनसरीका ५६, २७ र ५० वर्षीय पुरुष, काठमाडौंका ७८ र ६८ वर्षीया पुरुष, भक्तपुरका ६८ वर्षीया पुरुष, ललितपुरका ४८ वर्षीया पुरुष, बाँकेकी ३४ वर्षीया महिला, रुपन्देहीका ८०, ५५ र ४२ वर्षीया पुरुष रहेका छन् ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस