aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ असोज २०७७
पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना संक्रमण

काठमाडौं । राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको छ। ज्ञवालीले बिहीबार ट्वीट गर्दै आफूलाई केही लक्षण देखिएकाले परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । 

उनले अहिले होम आईसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य जानकारी दिएका छन् । ज्ञवालीले  ट्वीटमा लेखेका छन्, ‘पुनर्निर्माणको काममा सकृय रुपमा लागिरहेका बेला केही लक्षण देखिएपछि परीक्षण गराउँदा कोभिड-१९ रिपोर्ट पोजेटिभ देखिएको छ । तसर्थ म होम आइसोलेनमा छु । र, स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछु ।’ 

प्रतिक्रिया दिनुहोस