aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कोरोनाको पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ असोज २०७७
कोरोनाको पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदातलले आम नागरिकको पीसीआर परीक्षण शुल्क नलिन आदेश दिएको छ । सर्वोच्च अदालतले सबै नेपालीको कारोना संक्रमणको पीसीआर परीक्षण निःशुल्क गर्न आदेश दिएको हो । 

पीसीआर परीक्षणको निशुल्क हुनुपर्ने माग गर्दै अधिवक्ता द्वय लोकेन्द्र बहादुर ओली र केशरजंग केसीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटको आज बिहीबार सुनवाई गर्दै न्यायाधीयद्वय आनन्दमोहन भट्टराई र टंक बहादुर मोक्तानको संयुक्त इजलासले सरकारलाई निःशुल्क कोरोना परीक्षण गर्न  आदेश दिएको हो ।
 

प्रतिक्रिया दिनुहोस