aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

होम आइसोलेसनमा बसेका ६० वर्षीय संक्रमित पुरुषको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ असोज २०७७
होम आइसोलेसनमा बसेका ६० वर्षीय संक्रमित पुरुषको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुष रहेका छन् । 

उनी स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ गते बुटवल कोरोना विशेष अस्पतालमा अस्पताल भर्ना भएका थिए । उनलाई २ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको उपचारको क्रममा बिहिबार राती मृत्यु भएको हो । 

योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस