एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि कोरोनाबाट संक्रमित भएका छन । शुक्रवार बिहान डोनाल्ड ट्रम्पले ट्वीट गर्दै उनी र उनकी पत्नी मेलानिया कोरोना भाइरस पोजेटिभ देखिएको छ । उनीहरुलाई परिक्षणको परिणाम पछि दुबै अलग राखिएको छ ।
व्हाइट हाउसका डोनाल्ड हम्पका व्यक्तिगत सल्लाहकार होप हिक्स पनि शुक्रबार कोरोना संक्रमित भएका छन् । यस पछि डोनाल्ड ट्रम्पले ट्वीटमा गर्दै, ‘ कोरोनाले संक्रमित भएपछि अब म र मेलानियाले पनि परीक्षण गरेका थियौं ।’
अब डोनाल्ड ट्रम्प र मेलानिया अर्को १४ दिनसम्म अलग्गै बस्नुपर्नेछ । उनीहरूलाई एक हप्तापछि फेरि कोरोनाको परीक्षण गरिनेछ । उनले ट्वीट गर्दै भनेका छन, ‘आज राती परिक्षण गरिएको कोभिड १९ को रिपोर्ट पोजेटिभ आयो । अब हामी तुरून्त क्वारेन्टाइन र रिकभरी प्रक्रिया शुरू गर्नेछौं । हामी यो दुबै जना चाडै कोरोनाको संक्रमणबाट मुक्त भएर बाहिर आउने छौं । 
डोनाल्ड ट्रम्पको सरकारले चलाएको कोरोना भाइरसको अभियनप्रति अमेरिकामा आलोचना भइरहेको छ । डोनाल्ड ट्रम्प आफैंले लामो समयसम्म मास्क लगाएनन् । सोही दिन, डोनाल्ड ट्रम्प र जो बिडेन बीच पहिलो राष्ट्रपति बहस भयो जसमा डोनाल्ड ट्रम्पले कोरोनाको लागि चीनलाई दोष दिएका थिए । उक्त समयमा बिडेनले मास्क लगाएकोमा गिल्ला गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस