aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

‘कोरोना युद्ध पछि नयाँ जीवनको सुरुवाती जस्तो लाग्यो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ असोज २०७७
‘कोरोना युद्ध पछि नयाँ जीवनको सुरुवाती जस्तो लाग्यो’

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा बिहिबार कोरोना जितेर डिस्चार्ज भएका छन् । १७ दिन लामो अस्पतालको बसाइपछि उनी बिहिबार स्टार अस्पिटलबाट डिस्चार्ज भएका हुन् । 

क्याप्टेन लामा भन्छन्, ‘१६ रात १७ दिनको अस्पताल बसाइ पछि हिजो बेलुकी घर फर्कदाको आनन्द बयान गर्न सक्दिन, एउटा कुरा चाहिँ कस्तो अनुभुति भयो—नयाँ जीवनको सुरुवाती जस्तो लाग्यो त्यो कोरोना युद्ध पछि ।’ 

धेरै मानिसले कोरोनालाई सामान्य रोग र कमजोर भाइरसको संज्ञा दिइरहँदा क्याप्टेन लामाले भने यसलाई गम्भीर रोगको संख्या दिएका छन् । यसबाट उनले कोरोनासँग गर्नु परेको संघर्ष स्पष्ट भएको छ । कोरोनालाई जितेपछि उनले कोरोनाप्रति विजय प्राप्ती पछिको जीवन देश र नेपालीको सेवामै लगाउने प्रण समेत गरेका छन् ।

उनी भन्छन्, ‘कोरोना भोग्नेलाई मात्र थाहा हुन्छ, यो कति खतरनाक भाइरस हो ।’ उनको सबै शुभचिन्तकको माया, साथ र प्रार्थनाकै कारण आफूले रोगलाई पराजित गर्न सफल भएको उनको अनुभव छ ।   

प्रतिक्रिया दिनुहोस