aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यती एअरलाइन्सको १२ वर्षपछि सिमरा उडान पुनः सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ असोज २०७७
यती एअरलाइन्सको १२ वर्षपछि सिमरा उडान पुनः सञ्चालन

काठमाडौं । यती एअरलाइन्सले आफ्नो २२औ वार्षिक उत्सवमा घोषणा गरे बमोजिम १२ वर्षपछि सिमरा उडान भर्ने भएको छ । सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ (अक्टोबर ७) देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो । 

एअर लाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए । “सिमरा उडान भर्नेबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडान मार्फत सेवा विस्तार गर्नेछौँ,”–उनले भने ।“विविधकारणले स्थगितभएको उडान १२ वर्षपछि पुन सञ्चालन गर्न लागेका छौं उक्त गन्तब्यमा अब हाम्रो नियमीत उडान हुनेछन र यात्रुको मागबमोजिम उडान संख्याथपिने छ” बर्तौलाले भने ।

यतीले सिमरामा जेटईस्ट्रीम–४१ ९व्भतकतचष्m(द्धज्ञ०विमान मार्फत प्रत्येक दिन विहान ९.०० बजे र साँझ ४.४५ बजे काठमाण्डौंदेखि उडान गर्ने एअर लाइन्सले जनाएको छ । एअर लाइन्सका बिक्री तथा बजार निर्देशक सरलशम्सेर ज.ब.रा.का अनुसार उक्त सेक्टरमा यात्रुहरुको माग वमोजिम पुनः सेवा प्रारम्भ गर्न लागेका उनले बताए  ।

 एअरलाइन्सले अहिलेका लागि प्रमोशनल भाडा काठमाडौँ–सिमरा–काठमाण्डौको एकतर्फी दुई हजार आठसय तोकेका उनले जानकारी दिए  । यी गन्तब्यको टिकटहरु एअरलाईन्सका सेल्स अफिस तथा मोबाईल एप्स, नजिकको ट्राभल एजेन्सीहरु तथा अनलाईन मार्फत लिन सकिने उनले बताए ।

विस २०५५ सालदेखि यात्रुलाई सेवाप्रदानगर्दै आएको यती एअर लाइन्समाहाल एटिआर–७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम–३० सीटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन् । 

यती एअर लाइन्सका विमानले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान तथातारा एअरले दुर्गम हिमाली तथा पहाडी भागलुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवाप्रदान गर्दै आएको एअर लाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । 

व्यवसायभन्दा सेवालाई प्राथमिकता दिएको भगिनी संस्था तारा एअरले नेपालगञ्ज र पोखरामा समेत स्थायी रुपमा विमान राखी नियमित तथा चार्टर उडान मार्फत दुर्गम क्षेत्रको विकासमा योगदान प्रदान गर्दै आएको कम्पनीले दावी गरेको छ । 

प्रतिक्रिया दिनुहोस