काठमाडौं । काठमाडौं उपत्यकामा थप १६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६३८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थपिएको यो संख्याअहिलेसम्म कै धेरै हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका १२८० जना, ललितपुरका १६२ जना र भक्तपुरका १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ८२ हजार ४५० रहेको छ । संक्रमित मध्ये ६० हजार ६९६ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३३०७ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस