aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ असोज २०७७
कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

निधन हुनेमा ललितपुरका दुई पुरुष, भक्तपुरका दुई महिला, बाँकेका दुई पुरुष छन् । त्यसैगरी मोरङ, मकवानपुर, रुपन्देहीका एक–एक पुरुषकाे निधन भएकाे छ । सुर्खेत र काठमाडौंका एक–एक महिलाको मृत्यु भएको छ ।

योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । 

प्रतिक्रिया दिनुहोस