काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३ हजार ३०७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा निको हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।
योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।
साथै, पछिल्लो २४ घण्टामा २७२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । हाल संक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस