काठमाडौं । कोरोना संक्रमणको कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा प्रादेशीक अस्पताल सुर्खेतमा कार्यरत डा.हरी प्रसाद सापकोटा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उनी नेपाल स्वास्थ्य सेवा सर्जरी समूह अर्थोपेडिक उपसमूह प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक (११ औँ तह)का हुन् । उनमा कोरोना रोकथाम तथा नियन्त्रणमा लागिरहेका बेला कोरोना संक्रमण पुष्टि भइ हिजो (बिहीवार) मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवाका क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि कार्यरत रही सेवा गरिरहेका एक कर्तव्यनिष्ठ चिकित्सक गुमाएको मन्त्रालयले दुख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस