सप्तरी । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष रहेका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहका अनुसार ती पुरुष निमोनियको समस्या भएपछि ६ दिन अघि न्यूरो अस्पताल विराटनगरमा भर्ना भएका थिए । ती पुरुषको उपचारका क्रममा आज मृत्यु भएको हो ।
खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज १२ गते अस्पतालमा भर्ना भएका उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. सुनिल ढुंगेलले जानकारी दिए । सङ्क्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको जनाइएको छ ।
सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १८ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस