aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

कोरोनाबाट युवतीको मृत्यु, रेमडिसिभिर र प्लाज्मा थेरापीले पनि बचाउन सकेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ असोज २०७७
कोरोनाबाट युवतीको मृत्यु, रेमडिसिभिर र प्लाज्मा थेरापीले पनि बचाउन सकेन

बाँके । यहाँस्थित भेरी अस्पतालमा उपचाररत  कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी २५ वर्षीया युवतीको आज मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनीले गत भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिएकी थिइन् । भदौ ३० गते उनीको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैदिन उनीलाई भेरी अस्पताल भर्ना गरिएको थियो ।

 रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा समेत उनीलाई बचाउन नसकिएको जिल्ला कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए ।  योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ जना  पुगेको छ । 

प्रतिक्रिया दिनुहोस