
एजेन्सी । रसियाले उत्पादन गरेको खोपले अग्रता लिइरहेको छ । रुसले उत्पादन गरेको स्पुतनिक भि खोप सर्वसाधारणलाई उपलब्ध गराएपछि रसियाले अर्को खोप शुरु गर्ने तयारी गरिरहेको छ । रूसबाट यस खोपको नाम EpiVacCorona हो । यो खोप क्लिनिकल परीक्षणमा सफल भएको रुसले दावी गरेको छ । यो खोप अक्टुबर १५ मा सार्वजनिक गरिने बताइएको छ ।
यो खोप साइबेरियाको भेक्टर स्टेट भाइरोलजी रिसर्च सेन्टरले उत्पादन गरेको हो। अनुसन्धान केन्द्रका अनुसार यो प्रयोगात्मक खोप EpiVacCorona परीक्षणको आफ्नो शुरुवाती चरणमा प्रभावकारी साबित भएको छ । क्लिनिकल परीक्षणको पहिलो दुई चरणमा एपि भैककोरोना भ्याक्सिन खोप सुरक्षित र प्रभावकारी रहेको छ, भेक्टरको प्रेस विभागले इन्टरफेक्स समाचार एजेन्सीलाई बताएको छ ।
भेक्टर रिसर्च सेन्टरका अनुसार एपिभ्याककोरोना खोप इम्यून रेस्पोन्समा काम गर्दछ र यो खोपको प्रभावकारिताको बारेमा अन्तिम निष्कर्ष पोष्ट अप्रुभाल क्लिनिकल परीक्षण पूरा भएपछि मात्र सकिन्छ । रसियाका स्वास्थ्यमन्त्री मिखाइल मुराशका अनुसार भेक्टरको खोप तीन हप्तामा मन्त्रालयबाट स्वीकृत पाउने बताएका छन ।
भेक्टरले भने, ‘दर्तापछि साइबेरियामा ५,००० स्वयमसेवकहरुमा क्लिनिकल परीक्षणहरू शुरू गरिनेछ । यस बाहेक, छुट्टै क्लिनिकल परीक्षण आयोजना गरिनेछ जसमा ६० बर्षभन्दा बढी उमेरका १५० स्वयंसेवकहरु सम्मिलित हुनेछन् । यस पछि भेक्टरले १८र ६० वर्ष बीचको ५००० स्वयंसेवकहरूमा प्लेसबो कन्ट्रोल ट्रायल गरिने छ ।
भेक्टरका अनुसार यो काम नोभेम्बरमा सुरु गरिनेछ । प्रारम्भमा १०,००० डोज तयार हुनेछ । रसिया पहिले नै स्पुत्निक भिलाई कोरोनाको पहिलो खोप लागू गर्ने देश बनिसकेको छ । यो मात्र होइन, अब रूसले पनि खोप परीक्षणको तेस्रो चरणको प्रारम्भिक परिणामहरू जारी गर्ने योजना समेत बनाएको छ । स्पुत्निक भि खोप सिर्जना गर्ने गेम्लेआ संस्थानका प्रमुख अलेक्ज्याण्डर जिन्टेस्बर्गले यो जानकारी रोयटर्सलाई दिएका छन् ।
प्रतिक्रिया दिनुहोस