aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

थप २१२० जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ असोज २०७७
थप २१२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा २१२० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २१२० जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ८४ हजार ५७० रहेको छ । संक्रमित मध्ये ६२ हजार ७४० जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ ।   

पछिल्लो २४ घण्टामा २०४४ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस