
काठमाडौं । काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ११७७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका १००१ जना, ललितपुरका १०९ जना र भक्तपुरका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ८४ हजार ५७० रहेको छ । संक्रमित मध्ये ६२ हजार ७४० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ ।
पछिल्लो २४ घण्टामा २०४४ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस