
काठमाडौं । कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीकी २८ वर्षीय महिला, काठमाडौंका ८३, ६८ वर्षीय पुरुष, ललितपुरका ६७ वर्षीय पुरुष, सिन्धुपाल्चोकका ४१ वर्षीय पुरुष, दोलखाका ६५ वर्षीय पुरुष, चितवनकी ७६ वर्षीया महिला र कैलालीका ६९ वर्षीय पुरुष रहेका छन् ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस