
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थार्पालाई संक्रमण पुष्टि भएको हो । दुबैले शुक्रबार क्वाब दिएका थिए । विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।
रिमालले ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’
प्रतिक्रिया दिनुहोस