aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

कोरोना संक्रमणबाट ६२ वर्षीय पुरुषको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
कोरोना संक्रमणबाट ६२ वर्षीय पुरुषको मृत्यु

चितवन । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

संक्रमित पुरुष असोज  १६ गते भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएको थिए । उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । 

यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस