aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पशुपति क्षेत्रमा ब्ल्याक आउट कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
पशुपति क्षेत्रमा ब्ल्याक आउट कार्यक्रम

काठमाडौं । पशुपति क्षेत्रमा आज र सोमवार साँझ ७ः०० बजेदेखि ७ः३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरिएको छ । पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिको आयोजनामा हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा सो कार्यक्रम आयोजना गरिएको बताइएको छ । 

स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाउने पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजिनामा माग गर्दै पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले विरोध कार्यक्रम सार्वजनिक गरेको हो । समितिले विकास कोषको कार्यालयमा धर्ना दिने र कोष घेराउलगायत विरोधका कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस