aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

आइएमई पे एप १ मिलियन क्लबमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
आइएमई पे एप १ मिलियन क्लबमा

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ । यस सहित एप डाउनलोड गरेर आफैँ वा एजेण्टको सहयोगमा आइएमई पेबाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित भएको कम्पनीले दावी गरेको छ ।

डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार स्वरूप प्रदान गरिनेछ । यो योजना आजैबाट शुरु भइ अक्टोबर १५ सम्म कायम हुनेछ । 

विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीति अनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको कम्पनीले जनाएको छ । कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकाल बताए ।

 आमसेग्राहीहरूको विश्वास, आवद्ध व्यवसायीक साझेदारहरूको प्रयास र कर्मचारीहरूको लगनशीलता यो पहुँच विस्तारको मूख्य कारण रहेकाले यसको सम्पूर्ण श्रेय उहाँहरूलाई नै जाने ढकालले बताए ।

कम्पनी ब्राण्ड, सन्तुष्ट सेवाग्राहीहरू, समयसमयमा ल्याइने सेवाग्राहीमुखी अफर र स्वदेश तथा विदेशमा विद्यमान व्यापक व्यवसायिक संजालको सुविधाले पनि ‘आइएमई पे’ ले डिजिटल वित्तीय सेवामा आफ्नो पहुँच विस्तार गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस